बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले आज शपथ लिँदै
- साउन ९, २०८१
- 0
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।
लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।
संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो ।
बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए । तर एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए ।
लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







