प्रधानमन्त्री ओलीले बोलाए ‘टीआरसी’ सहजीकरण कार्यदलको बैठक

news-details

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी सहजीकरण गर्न गठित कार्यदललाई बैठकका लागि बोलाएका हुन । नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमाले नेता महेश बर्तौला र माओवादी केन्द्रका नेता जनार्दन शर्मा कार्यदलमा छन ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेको कार्यदलको कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले चासो दिएर बैठक बोलाएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया