रास्वपा संसदीय दलको बैठक बस्दै
- साउन ६, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







