प्रमुख सचेतकहरूसँग सभामुखको छलफल : सदनको कार्यतालिका लागू गर्ने
- साउन ३, २०८१
- 0
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारमा भएको छलफलमा संघीय संसदको कार्यतालिका र विचाराधिन विधेयकहरुको बारेमा छलफल गरेका हुन् ।
छलफलमा सदन चलाउने क्यालेन्डर र समितिका बैठकबारे साउन १५ गतेसम्मको क्यालेन्डर बनाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले थपे, ‘ साउन १५ गतेसम्मको छ दिनको बैठकको लातिका ६,७,८र १३ १४ १५ यो निर्धारण भयो । अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो । कुन बैठकमा कुन विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौं । थप छलफलको लागि भोलि १ बजे बस्ने हाम्रो कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ ।’
त्यसैगरी प्रधानमन्त्रीको विश्वासको मतबारे समेत छलफल भएको बर्तौलाले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







