कोकिनसहित विदेशी महिला पक्राउ
- असार ३०, २०८१
- 0
प्रतिबन्धित लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन महिला बाथुमालाई भाडिभालु रहेकी छन् ।
उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरेको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो ।
बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







