मन्त्री चयन गर्न कांग्रेसले बनायो मापदण्ड
- असार २९, २०८१
- 0
नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरु योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने,‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय पनि गरेको जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







