नयाँ सरकार गठनबारे परामर्शका लागि राष्ट्रपतिले बोलाए कानुनविद्

news-details

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श गर्न संविधानविदहरुलाई शीतल निवास बोलाएका छन् ।

भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि डाकेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ ५ः४५ बजेका लागि कानुनविद्हरुलाई बोलाइएको छ । परामर्शका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले विच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ । कतिपय कानुनविद्हरुले ७६ (२)को सरकारले विश्वासको मत पाउन नसके ठूलो दलका आधारमा ७६ (३) अनुुसार सरकार गठन हुने बताउँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

यता कांग्रेस र एमालेले आजै दुईतिहाइ सांसद र राजनीतिक दलहरूको समर्थनसहित केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लिखित पत्र लिएर राष्ट्रपतिसमक्ष जाँदैछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया