प्रधानमन्त्री र मन्त्रीको उपस्थिती नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
- असार २७, २०८१
- 0
संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।
आजको बैठकमा मन्त्री र प्रधानमन्त्री कोही पनि उपस्थित नभएको भन्दै नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएपछि बैठक स्थगित भएको हो ।
उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको अधिकार प्रयोग गर्दै विश्वासको मत लिएर संसदमा आफ्नो विश्वास देखाउन चहान्छु भनेर भनेको कुरा थहा छ, भोलीका लागि समय मागेको पनि थहा छ । संविधान पालन गर्ने प्रधानमन्त्री, मन्त्रीले संसदमा संसद चलेको दिन मन्त्री र प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन् । कोही पनि उपस्थित नभएपछि सदन चल्छ कि चल्दैँन् । सभामुखको कुर्सिबाट म जान्न चाहन्छु ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







