विश्वासको मतबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै
- असार २७, २०८१
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ ।
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ ।
सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







