बाढी–पहिरो पीडित नागरिकको उद्धारकोलागि पहल गर्न सरकारलाई कांग्रेसको आग्रह
- असार २६, २०८१
- 0
नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएका समस्याप्रति तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार प्रेस विज्ञाप्ती जारी गर्दै अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी दर्जनौं नागरिकले ज्यान गुमाइसकेको, ठूलो संख्यामा नागरिकहरु घाइते, वेपत्ता भएको भन्दै उनीहरुको उद्धारको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न पनि नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
यस्तै, प्रभावित जिल्लाका नेपाली कांग्रेसका भ्रातृ संगठनमा रहेका सदस्यहरुलाई पनि उद्धार र राहतको कार्यमा सहयोग गर्न अपील गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







