पोखरामा पहिरोले घर बगाउँदा युवकको मृत्यु

news-details

कास्कीमा पहिरोले घर बगाउँदा एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका(२७ सहेलपाटामा बुधबार बिहान ४ बजेतिर घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।

कच्ची घर माथिबाट आएको पहिरोमा परी थापाको मृत्यु भएको हो। भीमबहादुरकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।

नेपाल प्रहरी र स्थानीयले बुधबार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन्। घरमूली मनबहादुर थापा भने गएराति घरमा नरहेकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया