संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दै
- असार २४, २०८१
- 0
संघीय संसद अन्तर्गतका आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समिति गरेर दुईवटा समितिको बैठक बस्दै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११:३० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरि, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थसमितिको बैठक कक्षमा नै बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







