३० दिनभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
- असार २०, २०८१
- 0
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधानअनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
उनले भनिन्,‘सरकारले राजीनामा पनि गर्देन् । ३० दिन पनि काट्दैन् । हाम्रो संवैधानिक कानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामना गर्छु भन्नुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भैसकेको छैन् । तर सकेसम्म विश्वासको मत फेस गछौं । राजीनामा दिने भन्ने छैन् ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







