नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
- असार १९, २०८१
- 0
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिएका छन ।
उनले भने, ‘ठुला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।,’
उनले आजको बैठकले एमालेसँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिए । एमालेसँग भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







