एकीकृत समाजवादीको महाधिवेशन : आज समूह नेताको प्रस्तुति
- असार १९, २०८१
- 0
नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ ।
महाधिवेशन अन्तर्गत बुधबार दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ ।
उक्त दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।
समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहमाभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।
विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।
आइतवार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







