प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ असार २० र २१ गते
- असार १८, २०८१
- 0
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइको मिति तय गरेको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र सुनुवाइ गर्नको लागि असार २० र २१ गतेको मिति तय गरेको हो ।
बैठकमा समितिका सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित व्यक्तिमाथिको सुनुवाइ गर्ने सम्बन्धमा समितिले सचिवालयको तर्फबाट प्रस्तावित मिति परिमार्जनसहित पारित गरिएको जानकारी दिएका हुन् ।
उनले भने, ‘सचिवालयबाट तयार गरिएको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







