‘सत्तारुढ गठबन्धनमा असमझदारी छैन्’
- असार १७, २०८१
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ब्रिफिङ गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको र गठबन्धन लामै समय जाने स्थिति बनेको ब्रिफ गरेको विषय सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको हिजो पनि आज पनि बैठक भएको कुरा त बाहिर आएकै छ । बाहिर असमझदारी बढे भन्ने खालका जुन कुराहरु आए त्यो असत्य हुन् यो छलफल सकारात्मक ढङ्गले अगाडि बढेको छ । यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर ब्रिफ गर्नुभएको छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







