फणिन्द्र देवकोटालाई प्रदेश सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चको आदेश
- असार १०, २०८१
- 0
सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई तत्कालका लागि प्रदेश सभा सदस्यको हैसियतमा काम गर्न दिन आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशसँगै तत्कालका लागि देवकोटाको सांसद पद जोगिएको छ । माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादी केन्द्रको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मतदिएका थिए । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







