जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना गम्भीर बिरामी
- असार १०, २०८१
- 0
जंगली च्याउँ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका छन् ।
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो ।
शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये बाबु दलबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चयाउँ खाएर गम्भिर बिरामी परेका उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







