दुई दिनसम्म यी स्थानमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्ने
- असार ८, २०८१
- 0
काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केहीसमयका लागि बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबार दुई दिन पाँच घण्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ ।
मर्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो ।
प्राधिकरणले शनिबार मातातीर्थ,सतुंगल, मच्छेगाउँ, फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
यस्तै, भोलि (आइतबार) पनि मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







