भारत र अमेरिकासहित आठ देशका लागि राजदूत सिफारिस
- असार ७, २०८१
- 0
सरकारले भारतको राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागबन्डाका आधारमा भारत र अमेरिकासहित आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।
उनले भने, ‘आठ वटा देशलाई राजदुत नियुक्तिका लागि सिफारिस गर्ने पनि निर्णय भएको छ । जसअनुसार अमेरिकाका लागि चन्द्र कुमार घिमिरे, भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी ,सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, नेत्रप्रसाद तिमल्सेना मलेसिया,डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।
त्यस्तै,विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







