भारत भ्रमणबारे प्रधानमन्त्री दिए सदनमा जवाफ
- असार ६, २०८१
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण एजेन्डाका विशेषमा छलफल गर्न नभइ अनौपचारिक भ्रमण रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि जस्तै अनौपचारिक भ्रमण भएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन दाहाल जेठ २७ र २८ गते भारत भ्रमणमा गएका थिए ।
‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न होइन । जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो । सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो । यो पटकको भ्रमण त्यो किसिमको होइन,’ उनको भनाइ छ ।
केही सांसदहरुले आफूलाई संसदमा आउन किन डराएको भनेको उल्लेख गर्दै आफूले आज प्रश्न सोध्ने सांसदहरुलाई सदनमा उपस्थित नभएको उल्लेख गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







