प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मबीच भेटवार्ता
- जेष्ठ २८, २०८१
- 0
भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ ।
भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन् । सपथ ग्रहणपछि आइतबार नै प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आज(सोमबार)साँझ स्वदेश फर्कने तालिका छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







