चन्द्रौटामा नापी सर्वेक्षक घूस रकमसहित पक्राउ
- जेष्ठ २५, २०८१
- 0
कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका एक सर्वेक्षक सेवाग्राहीबाट घूस लिएको रकमसहित पक्राउ परेका छन् । सर्वेक्षक बेचनप्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ उनले सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना पाएपछि आयोगको टोलीले पुगेको थियो । ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।
नापी कार्यालयनजिकै उक्त रकमसँगै स्रोत नखुलेको ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिइएका उनका विषयमा थप अनुसन्धान भइरहेको आयोग प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







