संसद समाचारः आज छ समितिको वैठक बस्ने
- जेष्ठ २५, २०८१
- 0
आज संसदका छ वटा समितिको वैठक बस्दैछ । संसद सचिवालले विभिन्न समितिका वैठक बस्ने समयतालिका प्रकाशित गरेको छ ।
आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको वैठक बस्ने समयतालिका छ ।
संसदका दुइ सदन प्रतिनिधि सभा जेष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेष्ठ २८ गते अपरान्ह १३:१५ बजे बस्नेछन् ।
सम्बन्धित शीर्षकहरु










