मधेशमा सरोजकुमार यादव नेतृत्वको सरकार ढल्यो, पाएनन विश्वासको मत
- जेष्ठ २३, २०८१
- 0
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेको छ।
बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेपछि सरकारले विश्वास गुमाएसँगै सरकार ढलेको हो।
विपक्षमा भने ५३ मत परेको थियो। सरकार रहिरहन ५४ मत आवश्यक थियो तर यादवले ४ मत कम पाए।
बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए। मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दियो।
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा मत दिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







