घोराहीमा गुठीपीडित किसान र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
- जेष्ठ २०, २०८१
- 0
दाङमा गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ ।
घोराहीमा स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्ने क्रममा झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । आफूहरूले जोतभोग गर्दै आएको गुठीको जमिनको लालपुर्जा पाउनुपर्ने उनीहरूको माग छ ।
झडपमा प्रहरी र प्रदर्शनकारीतर्फका कयौँ घाइते भएका छन् । एकजना प्रहरीको ढुंगा लागेर दाँत नै भाँचिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







