गण्डकीमा नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त
- जेष्ठ १८, २०८१
- 0
गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् । देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।
देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन् । हाल उनी ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ मा आवद्ध छन् । नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला मुख्यमन्त्री बनेका पाण्डेले मुख्यमन्त्रीको शपथ लिएलगत्तै देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् ।
देवकोटाले बिहीबार नै मुख्यमन्त्री पाण्डेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







