सहकारी ठगी प्रकरण : संसदीय समितिमा रहने ७ सांसदको टुंगो लाग्यो
- जेष्ठ १५, २०८१
- 0
सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिमा रहने ७ सांसदको टुंगो लागेको छ। समितिमा कांग्रेस, एमालेबाट २-२ जना र अन्य दलबाट १-१ जना रहनेछन्।
नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
सत्तारुढमध्ये ठूलो दलको हैसियतले एमालेबाट सूर्य थापा समिति संयोजक रहने सम्भावना छ।
छानबिन समितिको कार्यादेश आजै बसेको कार्यदलको बैठकले टुंग्याएको थियो । समिति आजै बस्ने प्रतिनिधिसभाको बैठकबाट घोषणा हुनेछ । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।
सम्बन्धित शीर्षकहरु










