बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
- जेष्ठ १५, २०८१
- 0
मन्त्रिपरिषद् बैठक बस्दै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ।
आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने छ। आज दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै छन्।
अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ। अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नेछन्।
सम्बन्धित शीर्षकहरु










