राप्रपा केन्द्रीय कार्य समिति बैठक आजपनि, अध्यक्षले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने
- जेष्ठ १२, २०८१
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कोे केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै छ ।
बैठक बिहान साढे ८ बजे धुम्बाराहीमा बस्ने तय भएपनि केही ढिलो गरी शुरु हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
हिजोदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने क्रम जारी रहने अध्यक्ष लिङ्देनले बताए ।
उनले भने, ‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएका थिए । आज पनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउछ । त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ । आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु । सचिवालय, कोषाक्षध्य र प्रदेश अध्यक्षहरुले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ।’
भोलीसम्म चल्ने उक्त बैठकमा कार्यपत्रहरु बाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरुले छलफलमा महत्व पाउने लिङ्देनले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







