कैलाश सिरोहियाको बयान आज
- जेष्ठ ११, २०८१
- 0
नागरिकता किर्ते कसुरमा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आज शुक्रबार सुरु हुँदैछ ।
सिरोहियासँग सामान्य सोधपुछ भएपनि आधिकारिक बयान भने आज शुक्रबार हुन लागेको हो ।
सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ । बयान नसकिए म्याद थप गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







