जसपाका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ
- बैशाख ३१, २०८१
- 0
जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी दुई मन्त्रीले आज शपथग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादव र राज्यमन्त्री बनेकी हसिना खानले सपथ लिए।
मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले र राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन्। यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
विवादपछि पार्टी विभाजनका कारण जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो ।
जसपा नेपाल यही वैशाख २२ मा विभाजित भएको थियो । जसपाका एक जना पहिले नै मन्त्री छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







