कांग्रेस संसदीय दलको बैठक स-यो
- बैशाख ३१, २०८१
- 0
नेपाली कांग्रेस संसदीय दलको बैठक सरेको छ ।
यसअघि कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएकोमा स्थगित गर्दै मंगलबार विहान ९ बजेका लागि सारेको हो । दलको कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजेबाट दलको बैठक बस्नेछ ।
सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । त्यसअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकोमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ । संसदीय छानबिन समिति गठन नभए सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने कांग्रेसको रणनीति छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







