प्रतिनिधि सभा बैठक कांग्रेसद्वारा अवरोध
- बैशाख २८, २०८१
- 0
नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ।
बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए। उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्दामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले सदनमा उठेका मुद्दाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







