कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु
- बैशाख २३, २०८१
- 0
कञ्चनपुर । कञ्चनपुरमा नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ । उनीहरुसँग नुहाउन गएका अन्य दुई जना घाइते छन् ।
दोदा नदीमा नुहाउन गएका बेलौरी नगरपालिका–७, शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिवार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । उनका अनुसार शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट भने घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







