बझाङमा एमालेका दमन भण्डारी निर्वाचित
- बैशाख १७, २०८१
- 0
बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् ।
११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् । अभिषेक गत बर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८ सय ३१ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ५ सय १४ मत प्राप्त गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







