वीरगञ्जमा प्रहरीले गोली चलाएर एक भारतीय नागरिकलाई नियन्त्रणमा लियो
- बैशाख १७, २०८१
- 0
वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ ।
झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।
गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको बुझिएको छ ।
पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्सा प्रहरीका एक जना उच्च अधिकारीले पुष्टि गरे ।
बब्लु पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । २०७९ असोज ३ गतेका दिन काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







