मधेशमा आज जुडशीतल पर्व, प्रदेशभर सार्वजनिक विदा
- बैशाख २, २०८१
- 0
मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ । यो मनाउने समुदायले विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गर्दछन् ।
सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । यो पर्वमा चना बदामको सातुल, दाल, सजिवनको तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा रहेको छ ।
यो पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । जुडशीतलको अघिल्लो दिन शनिबार मधेशमा कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







