संगठनको मर्यादालाई कायम राखेर काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
- चैत्र २९, २०८०
- 0
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले संगठनको मर्यादा कायम राखेर काम गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । उनले बुधबार मधेशस्तरीय सुरक्षा गोष्ठीपछि त्यहाँ रहेका सुरक्षा चुनौती र समस्याहरूको पहिचान भएको भन्दै अब उपलब्ध साधनश्रोत र जनशक्तिका आधारमा समाधानको पहल गर्न निर्देशन दिए ।
सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको समस्यालाई सरकारले समाधान गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
गोष्ठीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्ने प्रदेश सरकार सजग र प्रतिवद्ध रहेको बताएका थिए ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







