राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज
- चैत्र २८, २०८०
- 0
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रकृयाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ ।
सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षीबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन्।
वर्तमान सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि भागबण्डामा उपाध्यक्ष एमालेले लिने सहमती अनुसार नै घिमिरेलाई साझा उम्मेदवार बनाइएको हो ।
यसअघि माओवादीबाटै सभा उपाध्यक्षको प्रतिनिधित्व गरेकी उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







