लुम्बिनीमा नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज
- चैत्र २५, २०८०
- 0
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।
नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







