मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- चैत्र १८, २०८०
- 0
काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।
सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







