बागमती सरकारमा हानेपाको ‘इन्ट्रि’, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा बज्राचार्यले शपथ लिदै
- चैत्र १५, २०८०
- 0
बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ ।
आजै हाम्रो नेपाली पार्टी (हानेपा) को तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले शपथग्रहण गर्ने भएका छन् ।
उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ । यस अघिको गठबन्धनमा यो मन्त्रालय नेपाली कांग्रेसको भागमा थियो । कांग्रेसको तर्फबाट पुकार महर्जन मन्त्री बनेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







