एमालेले इलाममा नेम्वाङ र बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने
- चैत्र ११, २०८०
- 0
नेकपा एमालेले आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यलय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले इलाम क्षेत्र २ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने,‘बैठकले आगामि बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । वझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।’
एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २७ गते निधन भएपछि उक्त स्थान रिक्त थियो । सिफारिस भएका सुहाङ सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







