हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते
- चैत्र १०, २०८०
- 0
हुम्लामा जीप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ ।
अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र खनालले बताए ।
दुर्घटनामा घाइते हुनेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







