कथाकार परशु प्रधानको निधन
- चैत्र ६, २०८०
- 0
साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो ।
उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ ।
भोजपुरमा वि.सं. २००० सालमा जन्मिएका स्वर्गीय प्रधानले ०१६ सालमा ‘जीवनपथ’ कविताबाट साहित्यक यात्रा आरम्भ गरेका थिए ।
उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानका उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया लगायत कथा संग्रहहरु प्रकाशित छन् ।
प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







