भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु, ७ घाइते
- चैत्र १, २०८०
- 0
उदयपुरको बेलकामा आज भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । मृतकहरुको पहिचान खुलेको छैन ।
बेलका नगरपालिका–७, मा रहेको कच्ची सडकबाट भीरमा गाडी खसेको जनाइएको छ ।
भोजपुरको घोडेटारबाट यात्रुसहित धरान आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
कच्ची सडक रहेको उक्त स्थानको भीरबाट गाडी तीन सय मिटरभन्दा तल खसेको प्रहरीले अनुमान गरेको छ ।
भोजपुरबाट प्रहरी टोली घटनास्थल गएर स्थलगत रुपमा बुझ्ने काम भइरहेको जनाउँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







