राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
- फाल्गुन २९, २०८०
- 0
राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् ।
मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका सांसद हुन् । सभामा ५६ सांसद उपस्थित थिए । उनलाई एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।
यस्तै, प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा पराजित भएका छन् । शर्माको पक्षमा जम्मा १७ मत खसेको राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले सुनाइन् । शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।
तर, शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नै सभाले निर्वाचन पूर्व नै अस्वीकृत गरेको थियो । मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपनि उनको नाम अस्वीकृत भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







