दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत
- फाल्गुन २७, २०८०
- 0
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आमन्त्रित सदस्यमा दीपक खड्का मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम संखुवासभाबाट प्रतिनिधि सभामा निर्वाचित खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५६ (२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा दीपक खड्का (संखुवासभा) लाई मनोनयन गर्नु भएको छ,’ पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







